सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

बेलायती राजकुमार ह्यारीको मेगनसाथ क्यानडामा नयाँ जीवनको सुरूवात   

प्रकाशित: ७ माघ २०७६, मंगलवार

भ्यानकुभर  ।  बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुग्नुभएको छ ।

गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो ।

‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनुहुने बताइएको छ ।

मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आउनुभएको थियो । उहाँहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ ।

आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताउनुभएको थियो ।
राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उहाँको भनाई थियो ।

आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भन्नुभयो, “बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।”

द ड्युक एण्ड डचेज अफ ससेक्सले उहाँहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाउनुभएको छ जनाइएको छ । तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
XA



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, झन्डै साढे १४ लाख संक्रमित(अपडेट)

कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह