सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

धादिङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित: ७ माघ २०७६, मंगलवार

धादिङ । धादिङमा मिनि ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको भने २५ भन्दा बढी घाइते भएका छन् ।

धादिङको निलकण्ठ नगरपालिका–८ मा भएको दुर्घटनामा परी घाइते मध्ये १५ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मंगलबार दिउँसो ४ बजेतिर सडकमै पल्टिँदा चार जनाको घटनास्थलमै र ३ जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यृ भएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका–२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

कोभिड–१९ विरुद्ध लड्न भारतमा प्रधानमन्त्री मोदीसहित सबै सांसदकाे तलब ३० प्रतिशत कटौती