सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

कांग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

प्रकाशित: ७ माघ २०७६, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार शोक विज्ञप्ति जारी गरी झापा मेचीनगर निवासी बुढाथोकी निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । एकसठ्ठी वर्षीय बुढाथोकीको यही माघ ५ गते झापामा निधन भएको थियो ।

पार्टीका पूर्व क्षेत्रीय प्रतिनिधि रहनुभएका बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्वर्गीय बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

कोभिड–१९ विरुद्ध लड्न भारतमा प्रधानमन्त्री मोदीसहित सबै सांसदकाे तलब ३० प्रतिशत कटौती