सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

निसास्सिएर आठ पर्यटकको मृत्यु

प्रकाशित: ७ माघ २०७६, मंगलवार

काठमाडौं । मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।

भारत केरालाका ३९ वर्षीय रञ्जीत कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव, ३९ वर्षीय प्रविणकष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया सरैया नायर, ५ वर्षीय छोरा अभिनव, ६ वर्षीया छोरी अरचा र ४ वर्षीया छोरी बद्राको पनि मृत्यु भएका हो ।

होटेलमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उपचारका लागि हेलिकोप्टकरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार आठैजनाको होटलमै मृत्यु भएको थियो ।

एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार राति दुई परिवारका आठ पर्यटक एउटै कोठामा रात बिताएका थिए ।
पन्ध्र जनाको समूहमा रहेका भारतीय पर्यटकहरुले होटलमा चारवटा कोठा लिएको तर राति चिसो भएपछि उनीहरु दुईवटा कोठामा सुतेका थिए । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको प्ररम्भिक अनुमानबाट खुलेको प्रहरीले बताएको छ



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

कोभिड–१९ विरुद्ध लड्न भारतमा प्रधानमन्त्री मोदीसहित सबै सांसदकाे तलब ३० प्रतिशत कटौती