सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेपाल–भारत सम्बन्धको लागि यो दशक स्वर्णिम बन्ने छ : प्रधानमन्त्री मोदी

प्रकाशित: ७ माघ २०७६, मंगलवार

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने बताएका छन् ।  प्रधानमन्त्री केपी ओलीसँग बिराटनगरस्थित एकीकृत भन्सार चौकीको भिडियो कन्फ्रेन्समार्फत संयुक्त उद्घाटन गर्दै उनले सन् २०२० को दशक नेपाल–भारत सम्बन्धको स्वर्णिम दशक बन्ने बताए ।

उद्घाटनमा क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।  उनीहरुले संयुक्त रूपमा स्वीच अन गरेर एकीकृत भन्सार जाँचचौकीको उद्घाटन गरेका थिए ।

मोदीले नयाँदिल्लीमा बिहान ११ः१५ मा रिमोट कन्ट्रोलबाट चौकीको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने बताउँदै यसबाट दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालले भारतसँग विकासमा साझेदारी गर्न चाहेकामा पनि जोड दिए ।  भिडियो कन्फ्रेन्सबाटै भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गरेका थिए ।

नवनिर्मित चौकीले व्यापार, संस्कृति र शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास गर्दै प्रधानमन्त्री मोदीले गोरखा भूकम्पबाट भत्किएका निजी घरको पुनःनिर्माणमा भारत सरकारले निरन्तरता दिने विश्वास दिलाए । प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको निम्तो पनि स्वीकार गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने तथा नेपालमा उत्पादन लागत कम हुने र रोजगारी एवं व्यापारमा सुगमता आउने बताए ।

एकीकृत भन्सार जाँचचौकी मंगलबारदेखि सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुनेछ । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा बनाइएको छ ।

चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । भारत, अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा चौकी निर्माण गर्न ठेक्कामा लिएका थिए ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

कोभिड–१९ विरुद्ध लड्न भारतमा प्रधानमन्त्री मोदीसहित सबै सांसदकाे तलब ३० प्रतिशत कटौती