सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा

प्रकाशित: २९ पुष २०७६, मंगलवार

काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा आउने भएका छन् । यसअघि फ्रान्सका राजदूत रहेका क्वात्रालाई भारतले नेपालका लागि राजदूतका रुपमा पठाउन लागेको हो ।

सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए। उनले सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा बसेर काम गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किइ सकेका छन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार