सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गजल गायक निशान भट्टराईको निधन

प्रकाशित: २९ पुष २०७६, मंगलवार

काठमाडौं । कार दुर्घटनामा गजल गायक निशान भट्टराईको मृत्यु भएको छ ।  काठमाडौं तीनकुनेमा बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको हो । सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार