सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

अमेरिकी सेनाको आधार शिविरमा रकेट आक्रमण

प्रकाशित: २८ पुष २०७६, सोमबार

एजेन्सी । इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा फेरि रकेट आक्रमण भएको छ । अमेरिकी सेनाको शिविर रहेको बगदादको उत्तरी क्षेत्रस्थित हवाई बेस क्याम्पमा आक्रमण भएको अलजजिराले जनाएको छ ।

आक्रमणमा ४ जना इराकी सैनिक घाइते भएको बताइएको छ । बलाद एयरबेसमा रहेका अमेरिकी सेनाले आक्रमण हुनुअघि नै सो स्थान छाडिसकेको बुझिएको छ । रकेटबाट एयरबेसको प्रवेशद्वार र क्याम्पमा आक्रमण भएको बताइएको छ ।

घाइते भएका सैनिक उक्त एयरबेसको प्रवेशद्वारामा ड्युटीमा थिए । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । केही दिन अघिमात्रै इरानले इराकमा रहेको अमेरिकी आधार शिविरमा आक्रमण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार