सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

मछिन्द्र र मनाङका ६ खेलाडी परे कारबाहीमा

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।
एन्फाको अनुशासन समितिले मछिन्द्र र मनाङका ६ खेलाडीलाई कारबाही गरेको हो ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई पाँच÷पाँच खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
मच्छिन्द्रका विजय धिमाल, दीपक राई र देवेन्द्र तामाङलाई दुई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । यस्तै जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाले जनाएको छ ।

मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमाथि प्रतिबन्ध लगाउँदै १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यसैगरी आ–आफ्ना टोलीका खेलाडीलाई अनुशासनमा राख्न नसकेकामा मछिन्द्र र मनाङ क्लबलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको एन्फाले जनाएको छ ।

डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा दुवै क्लबले २–२ गोलको बराबरी खेलेका थिए । खेल सकिएलगत्तै दुवै टोलीका खेलाडी दशरथ रंगशालाको खेल मैदानमा झगडा गर्न पुगेका थिए । यस क्रममा खेलाडीबीच हात हालाहाल भएको थियो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार