सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतमा बलात्कार ठहर भएका चार जनालाई मृत्युदण्डको फैसला

प्रकाशित: २३ पुष २०७६, बुधबार

एजेन्सी । भारतमा बलात्कार ठहर भएका चार जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो ।
निर्भयाको बलात्कार–हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा बिहान सात बजे फाँसी दिने आदेश दिएको हो ।

अदालतको आदेशपछि सात वर्षदेखि छोरीको आत्माको शान्तिका लागि लडाइँ लडिरहेकी अभयाकी आमा आशादेवीले छोरीले न्याय पाएको बताएकी छन् ।
ती चार जना अपराधी झुन्डिनुले भारतका महिलाले थप सशक्त बनाउने छ ।

यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो । अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए ।
गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो ।

सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कार गरेको थियो । बलात्कारपछि उनको हत्या भएको थियो ।

घटनामा संलग्न ६ जनामध्ये एक जनाले मुद्दा चलिरहेका बेला जेलभित्र आत्महत्या गरेका थिए भने अर्का एकजना नाबालक भएकाले सुधार गृह पठाइएको थियो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार