सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

प्रकाशित: २१ पुष २०७६, सोमबार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ ।

राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु ३०० मूल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने सभापति उत्तम पुडासैनीले बताए ।

साहित्य-सिर्जना फाँटमा समेत सक्रिय मानव अधिकारवादी नेता पहाडीका दुई कथा सङ्ग्रह, एउटा उपन्यास, दुई गीत सङ्ग्रह, दुई नियात्रा, दुई नाटक सङ्ग्रह, चार कविता सङ्ग्रह, दुई मुक्तक सङ्ग्रह र छ आलेख सङ्ग्रह, जेल जर्नल, दुई प्रबन्ध÷निबन्ध सङ्ग्रह, एउटा अङ्ग्रेजी कविता सङ्ग्रह र एउटा हिन्दी कविता सङ्ग्रह गरी २९ पुस्तक प्रकाशित भइसकेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार
कोरानो परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई कांग्रेसको अपील

सर्वोच्चले भन्यो, ‘विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू’

कोरोना रोकथाम गर्न नेपालाई विश्व बैंकको २ करोड ९० लाख डलर सहयोग

अन्तर्राष्ट्रिय हवाई उडान बन्द बैशाख १८ गते सम्म लम्बियो

कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालक पक्राउ

स्वास्थ्यकर्मीलाई पीपीई

कक्षा १२ र ११ को परीक्षा स्थगित

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

डब्लुएचओको स्थापना दिवसः विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

कोभिड–१९ विरुद्ध लड्न भारतमा प्रधानमन्त्री मोदीसहित सबै सांसदकाे तलब ३० प्रतिशत कटौती