सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सुनको भाउमा नयाँ रेकर्ड

प्रकाशित: २१ पुष २०७६, सोमबार

काठमाडौं । सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको हो ।

सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महङ्गीएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

सुनको भाउ बढ्दा कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

अमेरिका र इरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार