सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

‘ए’ डिभिजन लिग : जाउलाखेलले च्यासललाई हरायो

प्रकाशित: १५ पुष २०७६, मंगलवार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई हराएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
यससँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेलले चार खेलमा ८ अंक जोडेको छ ।

जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक–एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । त्यसअघि खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो ।

खेलको ८० औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई पहिलो अग्रता दिलाए । त्यसको दुई मिनेटपछि विजय घलानले एक गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार