सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

चार जिल्लाका प्रजिअ हेरफेर(सूचीसहित)

प्रकाशित: १७ मंसिर २०७६, मंगलवार

काठमाडौं । चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर र अन्य दुई जना काज र सरुवा भएका छन् ।  गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई चितवन सरुवा गरेको छ ।

त्यस्तै भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टलाई मकवानपुर सरुवा गरेको छ। त्यस्तै, चितवनका सीडीओ जितेन्द्र बस्नेतलाई पर्सा पठाइएको छ भने गृहकी सहसचिव हुमकला पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा भक्तपुर काजमा पठाइएको छ ।

 

यस्तै, लमजुङका प्रजिअ डा. डिजन भट्टराईलाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको छ । अध्यागमनका वरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्कालाई लमजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

 



प्रतिक्रिया दिनुहोस




ताजा समाचार