सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

१३ औँ दक्षिण एसियाली खेलकुदमा आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा

प्रकाशित: १७ मंसिर २०७६, मंगलवार

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत आज २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।
महिला भलिबलको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा फाइनल भिडन्त अपारन्ह चार बजे हुनेछ । पुरुषतर्फको फाइनलमा भने पाकिस्तानले भारतसँग खेल्नेछ । आज एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुंगो लाग्दैछ ।

सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल आज हुँदैछ ।

त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत आजै राखिएको छ ।
त्यस्तै तेक्वान्दोमा गेरुगी तर्फ ४ स्वर्णको टुंगो पनि आजै लाग्दैछ । यस्तै कराँतेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ ।
यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ । टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु हुनेछन् ।
ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ । फुटबलमा नेपालले भुटानसँग रंगशालामा दिउँसो एक बजे प्रतिस्पर्धा गर्नेछ ।

महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार