सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आज निधन भएको छ । उनको ७३ वर्षको उमेरमा बिहान डल्लुस्थित आफ्नै निवास निधन भएको हो ।

अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो)बाट अभिनय यात्रा थालेकी थिइन् ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् ।

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो
उनका १ छोरा र छोरी छन् ।

उनको आजनै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार