सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतको स्वतन्त्रता दिवसमा काठमाडौंमा सांगीतिक कार्यक्रम

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले भद्रकालीस्थित सैनिक सभामण्डवमा विश्व विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतको विशेष उपस्थिति रहेको थियो ।
राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७ सयभन्दा बढी व्यक्तिहरुको कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए ।

पण्डित हरिप्रसाद चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व हुन् । उनले आफ्नो कुदरती आधुनिक तथा शास्त्रीय बाँसुरी बादनद्वारा समस्त दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार