सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

नेकपाले टुंगायो कार्यविभाजन

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले जिम्मेवारी टुंग्याएको छ ।  शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३३ विभागको जिम्मेवारी टुंग्याएको हो ।

३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।
बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको छ ।

सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् । यस्तै राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् ।
नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ ।

नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ ।
त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

बैठकले प्रदेश १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मवारी दिइएको छ । प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यस्तै प्रदेश ४ मा किरङ् गुरुङ् र यशोधा सुवेदी गुरुङ्, प्रदेश ५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी र प्रकाश भट्टलाई जिम्मेवारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार