सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

भारतीय प्रख्यात संगीतकार खय्याम अस्पताल भर्ना

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

मुम्बई । हिन्दी चलचित्रका संगीत निर्देशक खय्यामको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई मुम्वईस्थित सुजय अस्पतालमा भर्ना गरिएको हो । उनलाई आईसीयूमा राखिएको छ ।

पदभूषण तथा संगीत नाटक ऐकेडेमीबाट सम्मानित संगीतकार खय्यामको छातीमा इन्फेक्सन भएको कारण अस्पताल भर्ना गरिएको जनाइएको छ ।

यस विषयमा फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्ल्वाई युनियनका अध्यक्ष बीएन तिवारीले जानकारी गराएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

संगीतकार खय्यामले कैयन हिट फिल्ममा संगीत दिएका छन् । उनको संगीत रहेको हिन्दी फिल्म ‘कभी–कभी’ र ‘उमराव जान’को संगीत आज पनि रुचाइन्छ ।

मोहम्मद जहुर ‘खय्याम’ हाशमीको संगीत यात्रा १७ वर्षको उमेरमा लुधियानाबाट शुरु भएको हो । उनको सांगीतिक करियरको महत्वपूर्ण फिल्म ‘कभी–कभी’ र ‘उमराव जान’ को गीतले आज पनि स्रोताको मन मस्तिष्कमा स्थान बनाएको छ । खय्यामले उत्कृष्ट संगीतका लागि ‘कभी– कभी’ र ‘उमराव जान’बाट फिल्मफेयर अवार्ड पाएका थिए ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार