सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

गिरीका दुई बाल पुस्तक बजारमा

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । साहित्यकार आन्विका गिरीको दुई बाल पुस्तक ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ बजारमा आएको छ ।
पुस्तकको काठमाडौंमा एक कार्यक्रमकाबीच पुस्तकको विमोचन गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदार भक्त माथेमा, राजनीतिज्ञ सरिता गिरी, डा. अरुणा उप्रेती र आन्विका गिरीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

गिरीको बाल साहित्य लेखनमा यो चौथो र पाँचौं कृति हो । ‘सानीको ज्ञानी कुरा’मा बालबालिकाहरुलाई यौन दुर्व्यवहारको बारेमा बुझाइएको छ भने अर्को पुस्तक ‘आमाले सक्नुहुन्छ’मा बालबालिका विशेषगरी कक्षा ५ र सो भन्दा माथिका विद्यार्थीहरुलाई कथाको माध्यमबाट लिंग (जेन्डर) को बारेमा बुझाउन खोजिएको छ ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार