सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एशियन पेन्टस् उद्योगमाथि मुद्दा

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा मुद्दा दायर गरिएको छ ।

नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले मुद्दा दायर गरेको हो । उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताए ।

सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानासहित मुद्दा दायर गरेको बताएको छ । यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार