सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

चितवन । न्यूज २४ का पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।

अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएको थियो ।

यसैबीच रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार