सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिने

प्रकाशित: २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिने भएको छ ।

आज बिहान अन्तर्वार्ताका लागि दूतावास पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।
तर, भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका थिए ।

आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका थिए ।  सन्दीपले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मेन्सन गरेका थिए । उनले अमेरिकी राजदूत र दूतावासलाई पनि ट्विटमा मेन्सन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस


ताजा समाचार