सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सांसद डा. यादवको राजीनामा फिर्ता हुने

प्रकाशित: २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । समाजवादी पार्टीका सांसद डा.सूर्यनारायण यादवको राजीनामा फिर्ता हुने भएको छ । सांसद यादवले सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए ।

पार्टीसँग छलफल नगरी राजीनामा बुझाएका डा.यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेपछि राजीनामा फिर्ता गर्न तयार भएका हुन् ।
डा.यादवको राजीनामा मंगलबार फिर्ता हुने सचेतक अरगरियाले बताए ।
बालरोग विशेषज्ञ डा.यादव गैरराजनीतिक व्यक्ति रहेकाले काम गर्न समस्या भइरहेको पारिवारिक स्रोतल जनाएको छ । उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार