सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

प्रकाशित: २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले ट्विट गर्दै कागजी प्रक्रिया सबै पूरा गर्दा पनि नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको बताएका छन् ।

सन्दीप यसपटक सिपएल खेल्नका लागि जान भिसाका लागि आवेदन दिएका थिए ।काठमाडौंमा रहेको अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्दीपले अमेरिकन दूतावासले भिसा नदिएको घटनाले आफू आश्चर्यमा परेको बताएका छन् । सन्दीप सोमबार मात्रै ग्लोबल टी २० क्यानडा खेलेर काठमाडौं फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार