सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

एभरेष्ट प्रिमियर लिग फागुनमा

प्रकाशित: २७ श्रावण २०७६, सोमबार

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी फागुनमा हुने भएको छ । ईपीएलले सामेबार एक प्रस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेब्रुअरी २९ देखि मार्च १४ सम्म हुने जानकारी दिइएको छ ।

नेपाली मितिअनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गते सम्म हुनेछ । जसक्रममा ३ वटा खेल शनिबार पारिएको छ । आयोजकले गत वर्ष मंसिर–पुसमा प्रतियोगिता आयोजना गरेको थियो । गत वर्षको उपाधि ललितपुर प्याट्रियट्सले भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा ललितपुर प्याट्रियट्र्स, काठमाडौं किंग्स इलाभेन, भैरहवा ग्याडियटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स र पोखरा राइनोज गरि ६ शहरका ६ फेन्चाइज टोली रहेका छन् ।

आयोजकले सहभागी टोलीलाई कम्तिमा एक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने नियम राखेको छ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार