सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

फिफा विश्वकप छनोटका लागि खेलाडी छनोट

प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि नेपाली फुटबल टिममा दोस्रो चरण अन्तर्गत ३१ खेलाडी छनोट भएका छन् ।

प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको हो ।  नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ ।

नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रंगशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ ।

टिमको पूरा नामावलीः
विराज महर्जन
किरण चेम्जोङ
विकेश कुथु
विक्रम लामा
सुजल श्रेष्ठ
नवयुग श्रेष्ठ
विशाल राई
अञ्जन विष्ट
रञ्जित धिमाल
सन्तोष तामाङ
विमल राना
एलन न्यौपाने
अजित भण्डारी
अविषेक रिजाल
रवि सिलवाल
सरोज दाहाल
तेज तामाङ
सुमन अर्याल
देवेन्द्र तामाङ
रवि पासवान
अनन्त तामाङ
सुनिल बल
सुभाष गुरुङ
दिनेश राजवंशी
हेमन गुरुङ
विशाल श्रेष्ठ
विमल पाण्डे
त्रिदेभ गुरुङ
भरत खवास
विमल घर्तिमगर
रोहित चन्द



प्रतिक्रिया दिनुहोस




ताजा समाचार