सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु

प्रकाशित: २० श्रावण २०७६, सोमबार

काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ ।

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एकसय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले रु एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

त्यसैगरी तेस्रो हुनेले रु २५ हजार र चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए ।
तीन दिने उक्त प्रतियोगिता नयाँ बसपार्कमा आयोजना हुनेछ ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार