सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

टी–२० सिरिज : भारतद्वारा वेस्ट इन्डिज पराजित

प्रकाशित: १९ श्रावण २०७६, आईतवार

एजेन्सी । टी–२० सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।  अमेरिकामा शनिबार राति खेलिएको खेलमा भारतले वेस्ट इन्डिजलाई चार विकेटले हराएको हो ।

९६ रनको सामान्य विजय लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
भारतका लागि ओपनर रोहित शर्माले २४ रन बनाए । मनिष पाण्डे र कप्तान विराट कोहलीले समान १९ रन बनाए ।
क्रुनाल पाण्डेले १२, रविन्द्र जडेजाले १० र वासिन्टन सुन्दरले अविजित ८ रन बनाए । वेस्ट इन्डिजका सुनिल नारायण, शिल्डन कर्टेल र किमो पलले समान दुई दुई विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९५ रन बनाएको थियो । सुरुवाती ६ ओभरमा पाँच विकेट गुमाएको वेस्ट इन्डिजलाई काइरन पोलार्डले उकालेका थिए । काइरनले ४९ रन बनाए । निकोलस पुरनले २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

 

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न भारतका युवा बलर र नवदीप सैनीले तीन विकेट लिए ।  टी–२० मा डेब्यु गरेका तीब्र गतिका बलर नवदीपले चार ओभरमा एक मेडन सहित जम्मा १७ रन खर्चिएका थिए । भुवनेश्वर कुमारले दुई विकेट लिए । वासिस्टन सुन्दर, खलील अहमद, क्रुनाल पाण्डे र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार