सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

आउडी कपको उपाधि टोटनह्यामले जित्यो

प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

एजेन्सी । आउडी कपको उपाधि टोटनह्यामले जितेको छ ।  प्रिसिजनका लागि विभिन्न देश भ्रमणका क्रममा रहेको टोटनह्यामले जर्मनीमा घरेलु टोलीलाई हराउँदै उपाधि जितेको हो ।

बुधबारराति भएको खेलमा आयोजक बार्यन म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टोटनह्यामले आउडी कपको उपाधि जितेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । १९ औ मिनेटमा ईरिक लामेलाको गोलसँगै टोटनह्यामले अग्रता लियो । ५९ औ मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेनहमको अग्रता दोब्बर पारे ।

खेलको ६१ औ मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सडनडेथको खेलमा जेरोम बोएटिङ्ले उत्कृष्ट बचाउ गरेका थिए । बार्यनलाई निराश बनाउदै प्रि–सिजन टूरमा टोटेनहमलाई पहिलो उपाधि जिताए ।



प्रतिक्रिया दिनुहोस




ताजा समाचार