सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४
काठमाडौं । भारतीय युवा ब्याट्सम्यान पृथ्वी शाह निलम्बनमा परेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धित औषधी सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ८ महिनाका लागि निलम्बन गरेको हो ।
शाह प्रतिबन्धित पदार्थ सेवन गरेका कारण डोपिङ परिक्षणमा असफल भएका हुन् । उनले सेवन गरेको पदार्थ औषधीमा पाईने गरेको बीसीसीआईले जनाएको छ ।
सन् २०१९ को फे्रबुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान शाले आफ्नो नमुना परीक्षण गरेका थिए ।
जसमा प्रतिबन्धित पदार्थको अंश भेटिएको थियो ।