सुचना बिभाग दर्ता नं. ५६७ / ०७३–७४

सडक विस्तारका नाममा ६ सय वर्ष पुरानो इतिहासमाथि धाबा बोलिंदै, जनता आक्रोशित (भिडियो सहित)

प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार

काठमाडौंः देशमा सडक विस्तारको नाममा परापूर्व कालदेखि भोगचलन गर्दै आएका मठमन्दिरहरुलाई सम्बन्धित पक्षको जानकारी विना भत्काउन थालिएपछि जनताको विरोध बढ्दै गइरहेको छ । उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउनका साथै करिडोर निर्माणको लागि ६ सय वर्ष पुरानो इतिहासलाई रातारात मेट्ने षडयन्त्र भएपछि स्थानीय नागरिकहरुले त्यसको विरोध गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बाटो फराकिलो बनाउनको लागि भन्दै काठमाडौँ महानगरपालिकाको सहकार्यमा बालाजु गुरु नानक मठ अगाडि रहेको सयौं बर्ष पुराना रुखहरु सम्बन्धित व्यक्तिलाई जानकारीसम्म नदिई काटिएको छ । त्यसो त गुठीसंस्थानको सम्पत्तीमा जथाभावी हस्तक्षेप गर्ने अधिकार कुनै पनि सरकारी संस्थालाई छैन । गुठी संस्थानको कुनै अनुमति बिना नै प्रहरीहरु परिचालन गरि बाटो विस्तारको लागि पुराना रुख काटिएको छ भने ग्ुरु नानक मठ प्रस्थान गर्ने गेटहरु भत्काईएको छ । यो काम सुरु गर्नु अगाडि सुरु नानक मठमा रहेका साधु सन्तहरुलाई न जानकारी दिइएको छ न कुनै सोधपुछ गरिएको छ ।

अझ हास्यास्पद कुरा के भने एकातिर प्रधानमन्त्रीले विश्व वातावरण दिवसको दिन रुख रोप्दै हुनुहुन्थ्यो भने अर्कोतिर त्यहाँ प्राचीन मठ मन्दिरको सम्पत्तिमा जथाभावी हात हाल्दै बाटो बढाउने नाममा भन्दै विश्व वातावरण दिवसकै दिन सयौं बर्ष पुरानो रुख काटिएको थियो । काठमाडौंको बालाजुमा रहेको प्राचिन पुरातात्विक महत्व बोकेको गुरु नानक मठको आफ्नै इतिहास रहेको छ । जहाँ परापूर्व कालमा भगवानहरुले बास गर्दथे भने त्यहाँ परापूर्व कालमा साधु सन्तहरुले आफूलाई समाधिमा लगेका थिए । त्यस्तो पवित्र स्थानको बारेमा कुनै जानकारी नै नलिई जथाभावी रुखहरु काटिएका थिए । पश्चिम गेटमा रहेको मसलाको रुख काटिएको भन्दै सर्वसाधारणहरुले आपत्ति जनाएका छन् । उक्त करिडोर बढाएसँगै झोरदेखि बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु हुँदै शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी साधन चल्न सहज हुने दावी गरिएको भए पनि त्यसलाई विस्तार गर्नका लागि अरु विकल्पहरु पनि सुरक्षित रहेका थिए । त्यो भन्दा पनि त्यसको हेरचाह गरेर बसिरहेका साधु सन्तहरुलाई एक शब्द नसोधि गरिएको त्यो कारवाहीबाट स्थानीय नागरिक समेत ठूलो संख्याका साधकहरु पनि असन्तुष्ट रहेका छन् ।

त्यो प्रसिद्ध गुरु नानक मठको आफ्नै इतिहास रहेको छ । ठूला ठूला योगी माहायोगीहरुले त्यो मठलाई पवित्र भूमिका रुपमा पूजा गर्दछन् । त्यस क्षेत्रमा मुक्तिनाथ क्षेत्रको दर्शन गरी फर्कने बेलामा ब्रह्महरि उदासीनको दर्शन गरी एकरात सोही स्थानमा बसेको जनविश्वास छ । ब्रह्महरि उदासीन अद्भुत शक्तिसहित विभिन्न चमत्कारिक कार्य गरी मानवसेवामा समर्पित हुनुभएको र उहाँले त्यहाँबाट समाधि लिन हुनु भएकोले कुनै पनि उहाँ समाधीबाट फर्किने जन विश्वास पनि रहेको छ । यस्तो पवित्र भूमिमाथि त्यहाँका साधु सन्तहरुसँग सम्पर्क नै नगरि गरिएको यो कार्यले एउटा ठूलो धर्माबलम्बी समूह असन्तुष्ट भएको छ । भगवानको भूमि पशुपतिनाथ क्षेत्रमा रहेको गुरुनानक मठमा गरिएको यो व्यवहारको सबै धार्मिक व्यक्ति र संस्थाहरुले निन्दा गरेका छन् ।

 

Posted by Shiva Raj Poudel on Tuesday, June 4, 2019



प्रतिक्रिया दिनुहोस




ताजा समाचार