प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

५ चैत्र २०७५, मंगलवार मा प्रकाशित

काठमाडौं । पत्नीको उपचारका लागि गएको आइतबार संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अमेरिकामा उजुरी परेको छ ।

उनीविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन् । उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै उजुरी दर्ता गरेका हुन् ।

डा.श्रेष्ठको उजुरीमा भनिएको छ, ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन् ।’

दाहाल आइतबार साँझ पत्नी सीतालाई लिएर अमेरिका प्रस्थान गरेका थिए । प्रचण्डसँग छोरी गंगा पनि अमेरिका पुगेकी छन् ।

 

तपाईंको प्रतिकृयाहरू