सुडान भएको प्रदर्शनमा २२ जनाको मृत्यु

२७ पुष २०७५, शुक्रबार मा प्रकाशित

सुडान । सुडानमा प्रदर्शनको क्रममा झडप हुँदा २२ जनाएको मृत्यु भएको छ । केही दिनदेखि मुल्यवृद्धिको विरोधमा प्रदर्शन हुँदै आएको छ ।

राजधानी खार्तुममा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् । ८० जना गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको बताइएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् ।
सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेपछि प्रदर्शन चर्केको हो ।

सुडानका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी प्रदर्शनमा हजारौँको संख्यामा समर्थकहरू सहभागी हुने गरेका छन् । प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग समेत गरेका छन् ।
एजेन्सी

तपाईंको प्रतिकृयाहरू