डीएसपी हूँ भन्दै ठगी गर्ने थापा प्रहरी नियन्त्रणमा

२७ पुष २०७५, शुक्रबार मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको डीएसपी हूँ भन्दै अपराधिक गतिविधिमा संलग्न एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डीएसपी हूँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापालाई कमलादीमा रहेको तिरुपति होटलको २०३ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।

बहालवाला डीएसपी हूँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाकोसमेत पैसा नतिर्ने र महिलाहरुमाथि दुव्र्यवहारसमेत गर्दै आएको विशेष सूचनाको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले बताएको छ ।

थापालाई अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।

पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिकृयाहरू