राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२७ पुष २०७५, शुक्रबार मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार सिंहदरबार पश्चिम ढोकामा पुगेर माल्यार्पण गरेकी हुन् ।

प्रज्ञा भवनबाट शुरु भएको र्‍याली सिंहदरबार मुल गेटमा पुगेर सकिएको थियो ।
बाजागाजासहित उपस्थित र्‍यालीमा मन्त्रीहरु इश्वर पोखरेल र गोकुल बाँस्कोटा समेत सहभागि भएका थिए ।

हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाइँदै आएको छ ।

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छैन । स्थानीय तहमा भने तीन तहले मात्र बिदा दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू