सुनको भाउ बढ्यो

२६ पुष २०७५, बिहीबार मा प्रकाशित

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा २ सय रुपैयाँ बढेर तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार भने ६ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू