बर्दियाः बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला अपरिचित समूहले गोली हानी हत्या गरेका छन्। प्राप्त समाचारअनुसार राति एक बजे नकाबधारी ५ जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए। घाइते खटिकलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो । सो समूहले घरमा रहेको पाँच लाख पनि लुटेर लगेको समाचारमा जनाइएको छ ।
तपाईंको प्रतिकृयाहरू