पहिलो महिला डिपो प्रमुख भएकोमा गर्व लाग्छ

२३ आश्विन २०७५, मंगलवार मा प्रकाशित

बिनी श्रेष्ठ, नेपाल आयल निगम, डिपो प्रमुख, गण्डकी प्रदेश मा कार्यरत हुनुहुन्छ । उहाँले नेपाल आयल निगमको ४९ बर्षको इतिहासमा पहिलो महिला डिपो प्रमुख भएर कार्यभार सम्हाल्नु भएको छ । उहाँसँग एवीपी नेपालका लागि प्रबिन भुसालले गर्नु भएको संक्षिप्त कुराकानीः

अहिलेको अवस्थामा तपाई आयल निगमको ४ नं प्रादेशिक कार्यालय पोखरामा पहिलो महिला डिपो प्रमुख हुनु भएको छ के कस्ता जिम्मेवारी र चुनौति सामना गरिरहनु भएको छ ?
सर्वप्रथम यो अवसर प्रधान गर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यबाद । ४९ बर्षको ईतिहास बोकेको नेपाल आयल निगम लि.मा पहिलो महिला डिपो प्रमखको पदमा रहि कार्य गर्ने अवसर पाएकोमा म आफुलाई एकदम भाग्यमानी र जिम्मेवार महशुस गरेकी छु । भाग्यमानी यो अर्थमा की निगममा ईतिहास रच्ने मौका पाँए । मैले थोरै मसम्क आँट गर्दा मेरो सम्पूर्ण परिवार सासु ससृुरा, आमा, बाबा र विषेशत मेरो श्रीमान्ले मेरो यो निर्णलाई साथ दिई मलाई हौसला प्रधान गर्नभयो । यदि मेरो परिवार बाट मैले यो किसिमको साथ र सहयोग नपाएकी भए मलाई यो निर्णय लिन त्यती सजिलो हुँदैन थियो होला ।
अनि निगम व्यवस्थापन जसले मेरो क्षमता प्रति विश्वास तथा भरोसा गरि मलाई यो मौका प्रधान गर्नुभयो त्यस प्रति म कृतज्ञता व्यक्त गर्न चाहान्छु । पुरुष डिपो प्रमुख सरह अरु जिम्मेवारीहरुको साथैे महिला डिपो प्रमुख भई काम गर्दा केही जिम्मेवारी थप भएको महसुश गरेकी छु । मैले सवै महिलाहरुको प्रतिनिधित्व गरि काम गर्दै गरेको छु । जसले मेरो हरेक असल खराव कामले अरु महिलाहरुले भविष्यमा लिने निर्णलाई असर पार्छ त्यसैले मैले गर्ने हरेक कृयाकलाप सुधारमुखी भएर गर्न अति आवश्यक हुन्छ । मैले एउटा Standard  बनाउनु पर्छ जस्तो लाग्छ । मैले मेरो परिवार, कार्यालय, समाज र सम्पुर्ण महिलाको साख बढाउने कार्य गर्नुपर्ने जिम्मेवारी थप भएको महशुस गरेकी छु ।
जहाँसम्म चुनौतीको कुरा छ हाम्रो सबैभन्दा ठुलो चुनौती भनेको नै घरको व्यवस्थापन गर्ने हो । किनभने महिला घर बाट निस्केपछि घर घर रहदैन । अनि बच्चा लाई कसरी व्यवस्थापन गर्ने अर्काे ठुलो चुनौति हुन जान्छ । खैर मैले त बाबुलाई आफु संगै राखी दोहोरो भुमिका निभाउने प्रयास गरेकी छु ।
अव अरु चुनौती भनेको डिपोको प्रकृतीको नयाँ काम सिक्ने क्रम जारी नै छ । हरेक दिन नयाँ नयाँ खालको समस्या समाधान गर्दै जादा आत्माविश्वास बढेको महशुस गरेकी छु किनभने मलाई लाग्छ गर्भदेखि कसैले सिकेर आएको हुँदैन काम गर्ने क्रममा सिक्दै जाने हो र यसको लागि मात्र आवश्यकता हुन्छ सिक्ने ईच्छाशक्तिको.. हैन र ? जबसम्म हामीले आफ्नो comfort zone छोड्दैनौ तबसम्म हाम्रो बिकास हुँदैन । मलाई लाग्छ अव यो चुनौति दुई तर्फी भैसक्यो किनकी हाम्रो Stakeholders हरु लाई पनि महिला डिपो प्रमुख संग कसरी Deal गर्ने भन्ने खालको अभिव्यक्तिहरु व्यक्त गरेको पाएकी छु । ………हा हा हा

पोखरामा आयल निगमले प्रदेश नं. ४ लाई आधार मानेर कसरी व्यवस्था गरिरहेको छ ?
हाल यस कार्यालयले ४ नं प्रदेशको जम्मा ६ बटा जिल्लाहरुलाई पेटालियम पदार्थ वितरण गर्दै आएको छ । ति हुन् तनहुँ, कास्की, स्गाङ्गजा, पर्वत, बाग्लुङ्ग र म्याग्दी । तनहँुमा ७ वटा आधिकारीक डिलरहरुलाई समेटिएको छ बाँकी लाई अमलेखगंज डिपोबाट वितरण हुन्छ । कास्की मा ३४ वटा डिलरहरु छन्, स्गाङ्गजा मा २ वटा डिलरहरु र बाँकी भैरहवाह डिपो बाट वितरण हुन्छ, पर्वत जिल्लामा ५ वटा डिलहरु रहेक छन् भने बाग्लुङ्गमा ३ वटा डिलरहरुलाई यस डिपोबाट वितरण हुन्छ भने १ वटा लाई भैरहवा डिपोबाट वितरण हुन्छ । यसै गरि म्याग्दीमा ३ वटा डिलर गरी जम्मा ५५ वटा डिलहरु संग हाम्रो प्रत्येक्ष कारोवार हुने गरेको छ । गोरखा, लम्जुङ्ग र नवलपरासी पुर्वि क्षेत्र अमलेखगञ्ज डिपोबाट वितरण हुन्छ भने नवलपरासीको पश्चिम क्षेत्र भैरहवा डिपोबाट वितरण हुन्छ मनाङ्ग र मुस्ताङ्ग जिल्लामा भने अहिले सम्म निगमका डिलरहरु नियुक्त भएका छैनन् ।

आयल निगमको भण्डारण क्षमता बढाउने बारे सोच्नु भएको छ कि छैन ?
एकदम सान्दर्भीक प्रश्न छ । यसमा दुईवटा कुरा छन् । भण्डारण क्षमता बढाउने विषमा कुरा गर्नु पर्दा यो मेरो सोचले मात्र बन्ने कुरा होइन तर यस संग सम्बन्धित पक्ष बाट यो सोच आउन थालेको हुनाले नबन्ला भन्न मिल्दैन । ४ नं प्रादेशिक कार्यालयको सन्दर्भमा कुरा गर्नु पर्दा यहाँ पेट्रा्ल ३५० के.एल , डिजल २२८० के.एल मट्टितेल ७६० के.एल र ए.टि.एफ ( हवाई ईन्धन ) ८७ के.एल रहेको छ । जुन सामान्य अवस्थाको मागलाई ध्यान दिदा पेट्रोल ३ दिन , डिजल १० दिन मट्टितेल १ महिना सम्म र ए.टि .एफ ( हवाई ईन्धन ) ६ दिन सम्मका् लागि धान्छ, जुन एकदम न्यून छ । भण्डारण क्षमता विस्तार गर्नकोलागि हालको जग्गा र पुर्वाधार प्रर्याप्त नभएको कारणले थप जग्गाको आवश्यकता पर्ने हुन्छ र यस सन्दर्भमा केन्द्रीय सरकार र प्रादेशिक सरकार एकदम सकरात्मक भएको पाएकी छु र यस कार्यलाई अघि बढाउनको लागि निगम व्यवस्थापन बाट पनि आवश्यक पहलको निर्देशन पाइसकेको हुनाले नियमानुसार उपयुक्त ठाँउ खोजी गरि सो जग्गा प्रदेशीक सरकारको पहलमा अधिकरण गर्ने कुरा चलिरहेको छ ।

आयल निगम भित्र अनियमिताका खबर आइरहेका हुन्छन् पत्रपत्रिकामा त्यसको कारण के हो ?
त्यसको कारण अरु केही होइन सिर्फ तपाई र म हो । मैले भन्न खोजेको पत्रपत्रीकामा आउने खवर १०० प्रतिसत सत्य पनि हुँदैन र १०० झुठो पनि हुँदैन मात्र तपाईहरु मध्ये केही पत्रकारहरुले पित पत्रकारीता गरि सुचना लाई तोड मोड गरि प्रस्तुत गरिदिन्छन् । सिधा सिधा समाचारमा मसला मिसाई भ्रम फैलाइदिन्छन् अनि हामी जस्तो केही कर्मचारीहरुले आफ्नो काम कर्तव्य लाई बिर्सि प्रलोभनमा परि नियमविपरित कार्य गर्न पनि पछि पर्दैनन् । यसको मतलब यो सहि हो भन्न खोजेको पक्कै पनि होईन, तपाई जुनै क्षेत्रलाई हेर्नुहोस् न १०० प्रतिसत ठिक कतै भेट्न सक्नु हुन्छ र ? यो प्रकृतिको नियमनै हो । त्यसैले हामी व्यक्तिको पछाडी लाग्यौं भने यो कहिले पनि अन्त हुँदैन त्यसैल अहिलेको context मा भन्नुपर्दा “ man cannot be controled by Man, Man are controlled by Machine only.” त्यसैले हामीले सहि Control mechanism बनाउन तर्फ लाग्नु पर्छ नाकी व्यक्ति व्यक्ति लाई सुधार्ने तिर ।
निगमको परिप्रेक्षमा यसको सवैभन्दा राम्रो उदाहरण भनेको हाल कार्यान्वयनमा आएको Tank Truck  Locking system हो । हामिले देख्दै र भोग्दै आएकोनै कुरा हो यस क्षेत्रमा आफ्नो व्यक्तिगत स्वार्थलाई पुरा गर्न अनैतिक कार्य गर्न पाउनुु पर्छ भनेर बन्द हड्ताल हुने गरेको हैन र । Locking system Implementation संगै निगमका आन्तरिक सुधारहरुको क्रमहरुले पनि एउटा फट्को मारेको छ । यसको एउटा ठुलो उधाहरण भनेको महिलाले पनि डिपो चलाउने आँट गरेको छ । यसले पनि आन्तरिक सुधार लाई symbolized गर्छ । केही डिलहरुले भन्न थालेका छन् बल्ल पेटोलियम पदार्थको व्यापार ईज्जतिलो भएको छ । यस्तै यस्तै comments हरु सुन्न पाईन्छ आजकाल । यो सबै कार्य गर्न सफल भएको हालको व्यवस्थापनलाई बधाई पनि दिन चाहान्छु । यो सजिलो चाहि पक्कै पनि थिएन ।

प्रदेश ४ को पहिलो महिला डिपो प्रमुखका रुपमा तपाईको प्राथमिकता के हुनसक्छ ? 
महिला होस् या पुरुष निगमको डिपो प्रमुखको पहिलोे र अन्तिम प्राथमिकता भनेको नै आफु अन्तर्गतकोे सबै stakeholders हरुलाई सहज र सुलभ तरिकाले गुणस्तरीय पेटोलियम पदार्थको वितरण गर्ने हो र मेरो पनि त्यहि नैे छ । यस बाहेक आन्तरीक, बाहिरी सुधार कार्यहरु गर्न पछि परिने छैन । यस कार्यलयमा कार्य गर्नै सबै कर्मचारीलाई काम गर्ने बातावरण सृजन गर्ने मेरो मुख्य कर्तव्य रहनेछ किनभने म एक्लै ले गरेर केही हँुदैन । यो डिपोको कार्य भनेको एउटा राम्रो Team work को उधाहरण हो त्यसैले हरेक कर्मचारीहरुलाई motivation level upgrade गर्ने हरेक कार्य गर्ने मेरो योजना रहेको छ ।

प्रदेश ४ मा रहेका प्रत्येक गाउँ, नगरपालिकामा पेट्रोलपम्प सस्तो मूल्यमा स्थापना गर्न सकिने सम्भावना छ कि छैन ?
सस्तो भन्दा पनि अव हामी सुरक्षित र multipurpose पेटोल पम्म निर्माण गर्ने तिर लाग्नु पर्छ। अवको पेटोल पम्प भनेको नमुना पेटोल पम्म हुनु पर्छ जसमा तपाईको पेटोल पम्प secondary business को रुपमा होस् । एउटा यस्तो पेटोल पम्प हुनु पर्छ जहाँ तपाई छिर्दा तपाइले पेटोल हाल्ने काम संग संगै तपाईले आफ्नो टायरको हावा चेक गर्न पाओस् , पेट पुजा गर्न पाओस् , बच्चाको लागि shopping गर्न पाओस् हैन र हामीले सानो सोच राख्नु हँुदैन ।

आयल निगमले आफ्नो व्यवसायिक क्षेत्रलाई अरु क्षेत्रमा विस्तार गर्ने योजना छ कि छैन ?
हलको अवस्थामा कुरा गर्दा हामीले जलस्रोतको धनि देशमा जल विद्युत निर्मार्ण कार्यमा सहकार्य गर्दै बुढिगण्डकी जलबिद्युत योजनामा राम्रो रकमको सहभागिता जनाई सकेका छौ । अन्य क्षेत्र विस्तारका विषयमा तालुकवाला मन्त्रालय, व्यवस्थापन तथा हाम्रा सेयर होल्डरहरुविच बेला बेलामा छलफल हुने गरेको छ र मलाई आशा छ कि निगमको सुधारक्रम संगै निगमबाट सृजनशील कार्यहरुको पनि सुरुवात अवश्य नै हुन्छ ।

अहिलेको तेल भण्डार क्षमता समग्र देशलाई कति दिनसम्म पुग्छ ?
अहिलेको अवस्थामा त्यहि १० देखि १५ दिन सम्म पुग्ने क्षमता छ ।

अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्य बढ्दै गर्दा जनतालाई तेलको मुल्य बढाएर आयल निगमका कर्मचारीले बोनस खाने कुरा जनतालाई मन पर्दैन तर यो दोहोरिन्छ किन ?
त्यैत म सोच्दै थिए आयल निगम को प्रतिनिधि संग प्रश्न गर्दै हुनुहुन्छ यो बोनस को प्रश्न अहिले सम्म किन आएन भन्छु नि । यो त हाम्रो Trade mark भै सक्यो नि हैन र रु बास्तवमा भन्नु पर्दा तेलको मुल्य बढ्नु र बोनस यो दुबै छुट्टा छुट्टै पाटो हो तर यसलाई जहिले पनि मिसाईयो । यसमा हामिले ३ वटा कुरा बुझ्नु अति आवश्यक छ ।
१) हाम्रो देशमा पेट्रोलियम पदार्थको उत्पाधन हुँदैन यो १०० प्रतिशत आयतमा मात्र भर पर्नु पर्नै र यसको कारोवारमा अन्तराष्टिय परिस्थितिहरुले प्रभाव पार्ने गरेको छ ।
२) पेट्रोलियम पदार्थको मुल्य नेपाल आयल निगम लि र ईन्डियन आयल निगम लि. बिच भएको ५ बर्षे सम्झौता अनुरुप अन्ताष्ट्रिय बजार मुल्य अनुसार १५ – १५ दिनमा समायोजन हुने गर्दछ । र निगमले यसैलाई आधार मानि Automatic Pricing Mechanism अन्तर्गत समय समयमा मुल्य समायोजन गर्दै जाँदा पनि छिमेकी देश भारतमा दैनिक रुपमा अन्तराष्टिय वजार मुल्य अनुरुप पेटोलियम पदार्थको मुल्य समायोजन हुँदै गइरहेको कारणले गर्दा अझै पनि नेपाल (बिरगंज) तर्फ भारत (रक्सौल) भन्दा पेटोल प्रति लिटर २९।४४, डिजल प्रति लिटर २८।४४ ले सस्तो रहेको अवस्था छ । यस खालको Border Price Difference ले निगमको आपुर्ति सहज गर्न चुनौतिहरु सामना गरिरहेको पाइएको छ ।
३) अव हामी सबैको चाख को विषय बोनस तिर जाउ । मैले निगममा प्रवेश गरेको करिव ९ बर्ष बिति सक्दा पनि Bonus ko B पनि देख्न पाएको छैन । तर यो द्ययलगक को भुत ले कहिले छोडेन किन होला भनेर बुझ्दै जाँदा मैले के पाए भने निगमको कर्मचारीले पछिल्लो पटक बोनस.२०५८ सालमा. खाएको पाईयो । जबकी निगम २०५५ साल देखि घाटाको स्थितिमा रहेको पाईयो । अब बाहिर बाट हेर्ने हरुको प्रतिक्रया पनि सहि हो विगत ३ ४ बर्ष देखि निगम घाटामा र निगमको कर्मचारीहरुले बोनस खायो । कुरा त शत प्रतिशत सहि छ । अव बुझ्नु पर्ने कुरा के छ भने निगमको कर्मचारीले मिति २०५८ सालमा खाएको बोनस सहि थियो त कुन ऐन नियम टेकेर खायो त बोनस ? त्यस ताका निगम को आ.व को अडिट समयमा नहुने कारणले गर्दा निगमको कर्मचारीहरुले तिन बर्ष अगाडि भएको.नाफा भएको सालको बोनस घाटा भएको ३ साल पछि खाएको पाइयो । जसले गर्दा निगमको कर्मचारी माथि यो बोनस सम्बन्धी जनमानसमा फैलेको भ्रमको भुतले कहिले छोडेन र तत्कालीन व्यवस्थापनले यो confusion समयमा clearification नगरेको कारणले हामी नयाँ generation ले पनि यो सुन्न बाध्य भएका छौ । त्यसपछि एकै चोटि २०६४।६५, २०६५।६६ मा निगम नाफामा गएता पनि संचित नोक्सानि भएकै कारण ले गर्दा सधै विवादित विषयको रुपमा नै आयो बोनसको विषय । अनपढ , सर्वसाधारणले यो विषयमा कुरा गर्दा ठिकै हो थाहा भएन होला जस्तो लाग्छ तथा एउटा गरिमामय पद धारण गरेको व्यक्ति, शिक्षित वर्ग हरुले समेत निगममा त धेरै बोनस खान्छ नि हगि भनेर सोध्दा चाहि दुःख लाग्छ । नबुझि बोल्ने, बोल्नको लागि मात्र बोल्ने नगर्दा राम्रोनै हुन्छ जस्तो लाग्छ । आजको दिनमा हामी संचित नोक्सानी बाट मुक्त भैसकेको अवस्था छ । हामी पनि यहि देशको नागरिक हौ अरुलाई जस्तै नियम हामीलाई पनि लागु गरि नियमानुसार पाउने सुविधा दिने वातावरण मात्र नबिगारी दिन अनुरोध गर्दा केही फरक त नपर्ला नि ।

तपाईंको प्रतिकृयाहरू