गान्धी र गोबिन्द

१६ आश्विन २०७५, मंगलवार मा प्रकाशित

युगनाथ शर्मा पौडेल

आजको भौतिक युगमा बिचारको बहस गर्नु भनेको भिल्लहरूको बीचमा मणिको बखान गरेजस्तो कुरा हो । तर पनि सत्य कुरा के हो भने आजको दिनमा बिचार बिना देश समाज अगाडि बढन सक्दैन त्यसैले समाज हरेक मुद्दामा बहसमा उत्रन्छ र आफनो धारणा दिने गर्छ । तर आजको नया समाज उसका नीजि र भौतिक स्वार्थहरूले जेलिएको छ त्यसैले उसका स्वार्थहरूमात्र उसका चासो बनेका छन । जसले समाजको एक पक्षलाई अन्धो बनाएको छ त्यो अन्धोपन यता पनि देखिन्छ र उता पनि देखिन्छ । त्यसैले आजको पुस्ताले नयां बहसलाई पनि अगाडि बढाउन सक्छ । सरकारले स्वाथ्य क्षेत्रलाई ब्यापारीे माफियाहरूको जमघटबनेको कुरा स्वीकार गरेको छैन तर पनि ढिलै भएपनि ओली सरकारले गोबिन्द केसीले उठाएका मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मसी सुक्न नपाउदै फेरि केसीकालागि अर्को अनसनको चेताबनी र शिक्षामन्त्रीको राजीनामाको माग अगाडि सार्नु पर्ने बाध्यता आएको छ यसो गर्ने अबस्था फेरि किन आयो ? । सबैलाई थाहा भएको कुरा हो आजको बिश्व ब्यापारी भएको छ त्यसैले बसुधैब कुटुम्बकमको कुरा कसैको स्मरणमा छैन ।आजको समाजका सबै पात्रहरू उसको स्वार्थकालागि ललायित भएका छन किनकी आजको मानिसले भोलि र पर्सीको बारेमा सोच्न छोडेको छ त्यसैले उ यति ब्यापारिक भएको छ कि आफना बाबु आमाको हेरचाह गर्नकालागि पनि उसको घर घांडो भएको छ र उनीहरू बृद्धश्रमको कल्पना गरिरहेका छन । अर्थात मानवता अब निरिह बनेको छ । आजका सरकारहरू जनताको स्वार्थ र स्वास्थकालागि होइन ब्यापारको अपारमा बदलिएको छ यस्तो अबस्थामा। त्यसैले सरकारका नेताहरू गरिब जनतालाई सस्तो स्वास्थ सेबा कसरी दिने भनेर बहस गरिरहेका छैनन नाफा कमाउने प्रयोजनमा खुलेका बैंकहरूले स्वास्थ सेवामा लगानी गरेर नाफा कमाउन नपाएकोमा चिन्तित छन एक थरि तर्कहरू यो पक्षमा पनि देखिन्छन तर आजको नेपाली समाजको चासो यो होइन । हरेक ब्यापारीको उद्देश्य ब्यापारमा नाफा कमाउनु हो त्यो नै उसको धर्म हो । यदि उसलाई ब्यापारमा सेबाको कुरा गरियो भन्ने उसले त्यो ब्यापारीको धर्म नभएको बताउने गर्छ । त्यसो भनिरहदा उ गलत पनि छैन । किनकी ब्यापारीको धर्म नाफा कमाउने हो र उ त्यो धर्म गरिरहेको छ तर सेबाको कुरा उसको धर्म होइन । न शिक्षण अस्पतालका डा, गोबिन्द केसीले गरेको आमरण अनसन नामको पटक पटकको सत्याग्रह जुन केहि समय अगाडि समाप्त भएको थियो र फेरि सरकार र शिक्षामन्त्री बिरुद्ध सत्याग्रह शुरु गर्ने घोषणा गरेको छन त्यसले पनि राज्यको धर्म के हो भनेर प्रश्न उठाइरहेको छ । सबैलाई थाहा नभएको कुरा होइन आजको दिन गान्धीहरू निरिह बनेका छन सबैतिर । किनकी उनीहरूको अबज्ञामा हतियार चल्दैन हतियार बिना कसैले कुरा सुन्दैन । समयले हिजोका नायक गान्धीहरू असान्दर्भिक भएका छन उनको बिचारलाई बोक्ने मण्डेलाहरू अपरिचित भएका छन गान्धीका अनुयायी नारायणदास देसाई (बाबुला ं.) केही बर्ष अगाडि नेपाल आएका थिए उनको केही बर्ष अगाडि निधन भएछ तर जुन रुपमा उनलाई स्मरण गरिनु पर्ने थियो त्यो उनको देश भारतमा त गरिएन भने माओ लेनिन र स्टालिनको कोट भिर्नेहरूले देश कब्जा गरेको नेपालमा त उनको नाम कसले लिने ?त्यो अस्वाभाविक पनि होइन । आज गान्धी भएको भए पनि उनी पनि सायद आफनो अहिसात्मक आन्दोलनको बारेमा आत्मालोचना गर्ने थिए भनेर कफी गफ गर्ने लालसेनाहरूको यो देशमा आजका दिनमा पनि कुनै कमी छैन । मेरा एकजना पत्रकार मित्र हुनुहुन्थ्यो अहिले पत्रकारिताबाट बिदा लिनु भएको छ । एक दिन उहांंका ेछोराले गान्धीलाई संजयदत्तको फिल्म मुन्नाभाई एमबीबीएस पछि बुझेको बताइरहदा एउटा डिनरमा हांसोको फोहोरा छुटेको थियो । गान्धीका बारेमा आजको पुस्ताको यो भन्दा कमजोर ज्ञान के हुन सक्ला ? भगवान बुद्ध जन्मेको देशमा केबल अहिंसाको मार्गचित्र सबैले तय गरेको भए आज यो पंक्तिकार यो बहसमा यी पंक्तिसहित उभिनु पर्ने थिएन । भगवान बुद्धको देशमा जुनसुकै प्रकारको हिंसा र हतियारलाई पूर्ण प्रतिबन्ध लगाउन सकेको भए आजको नेपाल सबैकालागि एउटा बिशेष कित्तामा हुने थियो तर दुर्भाग्यको कुरा अहिसात्मक पूर्वीय सभ्यताका अनुयायीका सन्तानहरू पनि त्यो सभ्यतालाई नै चुनौति दिने प्रकारले हिंसाको बाटोमा लागे र त्यो ह्यांगओभर आजका दिनमा पनि गएको छैन अझै केही नेताहरू हिंसाको दून्दुभी बजाइरहेका छन । त्यसो त हिंसाको आरम्भ निरिहबाट हुँदैन । हिंसा हतियार लिएका शक्तिशालीबाटै सुरु हुन्छ त्यस अर्थमा भगवान् बुद्ध जन्मेको यो पवित्र भूमिले बिगतमा हिंसाको एउटा अप्रिय दृश्य देखेर थकित भएको छ जहाँ अहिंसाका पुजारी महात्मागान्धीका अनुयायीहरू निरन्तर निरिह र पराजित देखिइरहे तर आज पनि सत्य के हो भने हिंसाका पक्षधरहरूले भने कहिल्यै जित्न सक्नेछैनन । यद्यपी धरातलको वास्तविकता के हो भने हिंसाले केही समय ध्वंस गर्न सक्छ तर सधैकालागि विजय गर्न सक्दैन । अमेरिकाद्वारा खसालिएको एटम बमले नागासाकि र हिरोसिमालाई ध्वस्त गर्न सक्यो । तर उसले त्यहाँ मानवतावादको युद्धमा पराजय भोग्नु प¥यो । आजका दिनमा विश्वमा लोकतन्त्र र मानवअधिकारको कुरा गर्ने अमेरिकीहरूले नागासाकि र हिरोसिमाको विध्वंसलाई लिएर बिश्वको कुनै नागरिकले उनीहरूको मानवअधिकारको इतिहासमाथि धज्जी उडायो भने उनीहरूले मानवअधिकारको हनन भएको त्यो क्षणमा शीर झुकाउनैपर्छ । तर महात्मा गान्धीलाई त्यत्रो ब्रिटिश साम्राज्यलाई भारतबाट लखेटदा कुनै बम र बारुद चाहिएन त्यसैले गान्धी कुनै सग शीर झुकाउन पर्दैन । तर अमेरिकाले नागासाकी र हिरोसिमाका नागरिकहरूको आत्मासंग सधै शीर झुकाउनु पर्छ । किनकी जापान सरकारसँगको युद्धमा अमेरिकीहरूले जापानकै सरकारसँग लड्नुपर्दथ्यो । तर त्यहाँ निरिह जनतामाथि अमेरिकाद्धरा बम खसालियो जसको कुनै अपराध थिएन । त्यस अर्थमा त्यो घटना विश्वयुद्धको समयकै भए पनि मानवअधिकारका दृष्टिकोणले एउटा कहाली लाग्दो इतिहास थियो यद्यपी त्यो कहाली लाग्दो इतिहासमाथि धेरैले माफी मागेको र धेरैले माफी दिएको आजको अवस्था छ । त्यसैले त्यसमाथि टिप्पणी गरेर समय बर्वाद गर्ने यो पंक्तिकारको इच्छा होइन् । त्यसो त मानवअधिकारको हननको त्यो दृश्यलाई हृदयविदारक दृश्यका रुपमा पस्कनेहरूले मानवतामाथि अमेरिकाको लज्जास्पद हमलाका रुपमा प्रस्तुत गरेका होलान् त्यसलाई मनोरञ्जक रुपमा प्रस्तुत गर्नेहरूले जापानी सरकारका सेनाको निर्दयीतालाई देखाएका होलान् । तर जसले जसलाई जुन रुपमा देखाए पनि त्यो बेला एउटा निर्दोष मानवले एटम बमका कारण जीवन गुमाउनु प¥यो त्यसको क्षतिपूर्ति सम्भव छैन । मर्ने जापानी नागरिकहरू मरेर गए र बाच्नेहरू अपांग भएर बाँचिरहेका होलान् वा उनीहरूका पुस्तामाथि त्यसको प्रभाव परेको होला त्यो आजको वास्तविकता हो । त्यसैले आजको दिनमा इरानको बम होस बा पाकिस्तानको आणबिक बम होस अनि उत्तरकोरियाको असुरक्षित शासक होस ती बमहरू आइएस आइएस र लादेनको अमेरिका आक्रमण भन्दा कुनै अर्थमा कमजोर छैनन । हिजोका दिनमा अनसनमा बसेका गान्धीबादी नायक डा गोबिन्द केसीलाई जुनसुकै बाहनामा अपमान गर्ने जो सुकै होस उसले पनि बिगतमा मानवअधिकार हनन्को काम गरेको छ । अनसनकारीलाई अपमान गर्नेहरू जो सुकै हुन उनीहरूलाई समाजले दण्डित गर्न सक्नु पर्छ । हिजोका दिनमा केसीले उठाएका मागहरूलाई जुनसुकै बहानमा होस त्यसलाई होच्याउनेहरू आजको समाजका दुश्मन हुन तर त्यसको अर्थ हरेक सत्याग्रहको मूल्यांकन एउटै हुन्छ भन्न खोजिएको होइन तर सत्याग्रह परमाणु बम भन्दा पनि बलियो हुन्छ ।
केही समय अगाडिको कुरा हो भगवान बुद्ध जन्मेको देशमा एक बुद्ध भिक्षु जो यो देशका नागरिक होइनन् उनले आफ्नो शरीरमा आगो लगाएर आफैलाई जलाएका थिए उनी यो देशका नागरिक थिएनन सायद । यो घटना एक पटक भएको भए त यो केबल एउटा मान्छेको मानसिक चिन्ताको विकारको कारण होला भनेर दिइएका प्रहरीका तर्कहरूमाथि विश्वास गर्न सकिन्थ्यो तर त्यस्तो घटना पटक पटक घटिसकेपछि अब भन्नैपर्ने हुन्छ यो कुनै मान्छेको मानसिक पीडा होइन् । तर यस्तो लाग्छ भगवान् बुद्ध जन्मेको यो देशमा एउटा भिक्षुले मट्टितेल खन्याएर आत्महत्या गरिरहँदा मानवअधिकारका नाममा ठूला ठूला बोर्ड राखेर पाँचतारे होटलमा धेरै जसो भाषण गरिरहने यहाँका तथाकथित मानवअधिकारवादीहरूको मुखमा बुँझो लागिरहेको थियो । गोरखाको फुजेल गाविस निवासी कृष्णप्रसाद अधिकारीको हत्यामा अनुसन्धान अगाडि बढाउनुपर्छ भनेर अगाडि बढिरहेका मानवअधिकारवादीहरू बौद्ध भिक्षुको आत्मदाहको विषयमा त्यतीबेला एक शब्द बोलेनन्, मानवअधिकार हननको मुद्दालाई लिएर । सबैलाई राम्रोसँग थाहा छ भगवान् बुद्ध जन्मेको देशमा दुई जना बौद्ध भिक्षुहरू जो हाम्रो देशका नागरिक थिएनन् त्यतीबेला आएका रिपोर्ट अनुसार उनीहरू उत्तरी छिमेकी चीनको तिब्बत प्रदेशका नागरिक थिए । उनीहरूको माग र उनीहरूको अडानका बारेमा धेरै चर्चा गरेर यो पंक्तिकार समय बर्वाद गर्न चाहँदैनन् । किनकी सरकारी तहबाट व्यक्त गरिएको तिब्बत नीति एक चीनलाई नेपाल सरकारले जुन तहबाट सम्बोधन गर्नुपर्ने हो त्यो सरकारी तह आफ्नो ठाउँमा जिम्मेवार छ । तर एउटा सार्वभौम देश नेपालको नागरिकको नाताले मानवअधिकार र लोकतन्त्रको मुद्दामा नेपालका मानवअधिकारवादी र राजनीतिक दलहरू पनि यदाकदा एक चीन नीतिकै परिपालनामा त व्यस्त छैनन् ? यो प्रश्न एउटा पत्रकारले यो पंक्तिकारलाई सोध्दा के जवाफ दिने हो ? यसको जवाफ भने खोजिनु पर्छ । आजको पुस्ताले नखोजे भोलिको पुस्ता यसमा मौन बस्न सक्दैन यो पक्का हो । एउटा बौद्ध भिक्षुले जुन मुद्दामा आत्मदाह ग¥यो त्यो मुद्दा हाम्रो होइन् तर त्यो मुद्दा मानबताको भने हो मानवताको कुनै सीमा हुदैन । तर हाम्रो भूमिमा उसले आत्मदाह गर्दा महान क्रान्तिकारीहरू दावी गर्ने लोकतन्त्रवादी मात्रै होइन् एउटा ठूलो मिडिया सञ्जाल आफ्ना प्रतिक्रियाहरूमा मौन बस्यो । यो भन्दा मानवअधिकार लोकतन्त्रका नारामा राजनीति गर्ने चाहनेहरूको नाङ्गो दृश्य के हुन सक्ला ? भगवान बुद्ध जन्मेको देशमा एउटा भिक्षुले आत्महत्या गर्छन् त्यो आत्महत्याको खबरलाई सरकार लगायत राजनीतिक दलहरू एक चीन नीतिको नाममा मौन बस्छन् अब यो बहसको अर्थ छैन यो नेपालको इतिहासमा सुरक्षित भइसकेको कुरा हो । त्यो सम्म त अस्वभाविक होइन् किनकी एउटा छिमेकको चासोलाई नेपालले सम्बोधन गर्नैपर्छ । त्यस अर्थमा सरकार र राजनीतिक दलहरूको मौनतालाई बुझ्न सकिन्थ्यो तर लोकतन्त्रको नाउमा राजनीति गर्नेहरूदेखि लिएर मानवअधिकारका कुरा गर्नेहरूले जिउँदै भिक्षु जलिरहँदा किन मौन बस्ने दुश्साहस गरे यो भने नबुझिएको पाटो हो इतिहासले यसको स्पष्टिकरण सबैसंग उचित समयमा पक्कै लिनेछ सायद । यो एउटा विचारको पक्षधरले उनीहरूलाई सोध्ने एउटा प्रश्न हो । यो कुनै देश र सिमानाको प्रश्न होइन् । किनकी यो सिमानाभन्दा धेरै बाहिर पुग्ने प्रश्न हो । जब विश्वको कुनै कुनामा अन्याय हुन्छ त्यसले सम्पूर्ण न्यायका पक्षधरहरूलाई चुनौति दिइरहेको हुन्छ । यो कुराको हेक्का लोकतन्त्र र मानवअधिकारका नाममा नारा लगाउने वक्तव्यबाजी गर्नेहरूले राख्ने कि नराख्ने ?
आजका दिनमा सबैलाई मानवअधिकार र लोकतन्त्रको परिभाषा थाहा नभएको होइन् । तर देश काल र परिस्थितिले लोकतन्त्र र मानवअधिकारको परिभाषालाई पनि खुम्च्याउने र फैलाउने गरेको देखिन्छ । यो आजको वास्तविकता हो । एमाओवादीका नेताहरू १२ बुँदे सम्झौतापछि हिंसाको बाटो छाडेर शान्तिपूर्ण राजनीतिक रोडम्याप मार्फत् संविधानसभाको निर्वाचन र माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गरेपछि एउटा कालखण्डबाट अर्को कालखण्डमा प्रश्न गरेका थिए भने संबिधान नै जारी गरेपछि उनीहरूले अर्को फडको मारेका छन । इतिहासका कतिपय तिक्ततापूर्ण घटनालाई स्मरण गराउनुको अर्थ फेरि पनि विगतलाई विर्सन नखोजिएको त होइन् ? भन्ने अर्थ केही नेताहरूले लगाउन सक्छन् । तर आजको राजनीतिले विगतलाई जतिसुकै पीडाको क्षण भए पनि निरन्तर विर्सदै गइरहेको छ यो वास्तविकता हो । १२ बुँदे सम्झौतादेखि लिएर सेना समायोजनको पछिल्लो सफलताको दृश्यले विगतको हिंसाका लागि पश्चाताप गरिरहेको दृश्य देखिन्छ । यद्यपी उनीहरूले त्यो हिंसाले नेपालको राजनीतिक बाटोलाई बदल्ने उपलब्धि प्राप्त गरेको दावी गरिरहेको सन्दर्भमा त्यो दाबी अनुचित भन्न मिल्दैन तर उनीहरू आजका दिनमा इतिहासको त्यो गल्तीलाई जायज भन्ने ढंगले अदालत बिरुद्ध गए भने त्यो उनीहरूको अर्को गल्ती हुनेछ । महात्मागान्धीले अहिंसाद्वारा सम्पूर्ण भारतबाट अंग्रेजलाई धपाउन सके जस्तै अहिंसाको बाटोबाट पनि सबै कुरा बदल्न सकिन्छ भन्ने यो पंक्तिकारको ठहर छ । त्यसो त हिंसात्मक युद्धका बेला कतिपयले उनीहरूका छोरा छोरी गुमाएका छन् भने कतिपयले बाबुआमा गुमाएर टुहुरा बनेका छन् । हिंसात्मक युद्धको त्यो पाटोमा सरकार पक्ष होस् वा विद्रोही दुवै त्यसको मारमा छन् तर त्यसबाट प्राप्त भएको उपलब्धि आजका दिनमा नेपाली जनताले प्राप्त गरेको राजनीतिक उपलब्धिलाई कम आक्न मिल्दैन । सबैलाई थाहा छ भगवान् बुद्धको देशमा आजका दिनमा पनि अहिंसाका पुजारी गान्धीहरू जितिरहेका छैनन् तर एउटा निष्कर्ष के हो भने कुनै पनि हिंसाको बाटोले अहिंसाको गान्धी मार्गलाई विचलित गर्न सक्दैन । यो हप्ता गान्धीलाई स्मरण गर्दै गर्दा भन्नै पर्ने हुन्छ नेपालमा गान्धीबादलाई अनुसरण गर्ने राजनेताको अभाब छ । आशा गरौ समयले त्यस्ता अभाब पनि हटाउने छ ।

तपाईंको प्रतिकृयाहरू