महाभारत युद्धको कारक तत्व र योद्धा भारदारहरूको भूमिका

७ श्रावण २०७५, सोमबार मा प्रकाशित

शेर बहादुर गुरुङ
धृतराष्ट्र तत्कालिन हस्तिनापुरका कुरु बंश राजघरानाका जेष्ठ पुत्र थिए । माइला पाण्डव र कान्छा विदुर । तिनै भाइका पिता एउटै वेद व्यासजी भएता पनि विदुरकी आमा दासी भएकाले विदुरलाई दासीपुत्र भनी सिंहासनको उत्तराधिकारी हुने अधिकार थिएन । धृतराष्ट्र अन्धा र पण्डव माले थिए भने विदुर साबुत (निखुन) थिए ।
जेष्ठताको नाताले कुरुवंश अथवा हस्तिनापुरको राजा हुने अधिकार धृतराष्ट्रलाई थियो । तर अन्धा अथवा पूर्णाङ्ग नभएको व्यक्तिलाई राजा बनाउन हुँदैन भन्ने कुरुबंशका भाई भारदारहरूको भनाइ भएको हुँदा, धृतराष्ट्रको रोल नाघेर पाण्डवलाई हस्तिनापुरको रजा बनाए । त्यस अवस्थामा आपूm जन्मै अन्धा भएको कारणबाट राज सिंहासनमा बस्न नपाउनाले आफ्नो भाग्यप्रति धृतराष्ट्र सारै क्षोमित थिए । पूर्णाङ्ग साबुत नभएको अन्धालाई राजगद्दीमा राखी राजा स्थापना गर्दा शोभा पनि नहुने र राज्यको सुरक्षा पनि हुन सत्तैmन भन्ने दरबारीया भारदारहरूको तर्क र त्यसैमा सहमती जनाउने भीष्म पितामह, कुल गुरु आचार्य कृपालानी र गुरु द्रोणाचार्य समेतको आशिर्वाद नपाउँदा, राजगद्दीमा बस्ने प्रवल इच्छा र आकांक्षा हुँदा हुँदै पनि विवशता बस धृतराष्ट्र खुम्चिएर बसी राखेका थिए, किनभने उनी शक्तिको प्रदर्शन गरेर राजगद्दी हत्याउने क्षमताबाट पनि प्रकृति बाटै ठगिएका थिए अन्धा भएर ।
कालान्तरमा महाराजा पाण्डवको मृत्यु भयो । युधिष्ठिरको उमेर नपुगेको हुँदा, युधिष्ठिरको उमेर नपुगेसम्म प्रतिनिधिको रूपमा धृतराष्ट्रलाई हस्तिनापुरके राजगद्दीमा राख्ने कुरु वंशका भाई भारदारहरूको निर्णय बमोजिम धृतराष्ट्रलाई हस्तिनापुरको राजा बनाए । आफ्नो गुमेको राजा हुने अधिकार फेरि यसरी पाउला भन्ने बारेमा शायद धृतराष्ट्रले सपनामा पनि सोचेका थिएनन् होला ।
भाइ पाण्डवको मृत्यु भएपछि भाइ भारदारहरूले आपूmलाई राजसिंहासनमा बसालेको पाउँदा, धृतराष्ट्र ज्यादै हर्षित भए र अब असम्भावमा पनि सम्भव देख्न थाले । यसले गर्दा धृतराष्ट्र दिनप्रतिदिन महत्वाकांक्षी हुँदै गए । आपूmलई अन्धा भनी तिरस्कार गरी राजा हुन नदिएकोमा भाई भारदारहरू प्रति प्रतिशोधको भावना थियो भने, भाग्यमा भए पाइँदो रहेछ, असम्भाव केही रहेनछ भन्ने भावनाबाट प्रेरित भई, धृतराष्ट्रको राजगद्दी प्रतिको मोह बढ्दै गई राखेको थियो । जीवित हुँदै (छँदै) शिरबाट मुकुट उतारने धृतराष्ट्रको इच्छा बिल्कुलै थिएन ।
युधिष्ठिरको उमेर पुगेपछि युवराज घोषित गर्ने सम्बन्धमा वार्ता चल्न थाल्यो । धृतराष्ट्रको लागे पुगेसम्म आफ्नै जेठो छोरो दुर्योधनलाई हस्तिनापुरको युवराज बनाउने र दरबारीया भाई भारदारहरूको लागि पुगे सम्म युधिष्ठिरलाई युवराज बनाउने भन्ने सम्बन्धमा ठूलै वाद विवाद भएपछि हस्तिनापुर राज्यलाई दुई भागमा विभाजन गरी पाण्डवहरू अथवा युधिष्ठिरलाई इन्द्रप्रस्थको राज्य दिएर चित्त बुझाएपछि हस्तिनापुर राज्यको युवराज दुर्योधन हुन पुगे ।
महाराजा युधिष्ठिर अथवा पाण्डवहरूको निमन्त्रणामा युवराज दुर्योधन, युधिष्ठिरको दरबार इन्द्रप्रस्त जाँदा, द्रोपदी रानीबाट युवराज दुर्योधनको अपमान भएपछि पाण्डवहरूको उन्नति र वैभाव देखि जलन भई राखेको दुर्योधनको मनमा झन ठूलो राँको उठ्यो र प्रतिशोधको भावनाबाट ग्रसित भए । पाण्डवहरूलाइ नीच देखाई द्रोपदी रानीलाई अपमान गरी बदला लिने कुभावनाबाट पीडित भई दुर्योधनले मामा शकुनीको सहयोग लिन पुगे । शकुनी पाशा खेल्न सिपालु र कपट गर्न माहिर भएको हुँदा युधिष्ठिर महाराजालाई जुवामा हराये । महाराजा युधिष्ठिरले स्वयं आपूm समेत भाइहरू र महारानी द्रौपदीलाई जुवामा हारेपछि भरी भराउ राजसभा अगाडि दुर्योधनको आदेशबाट दुःशासनले पञ्चाली द्रौपदीको सारी खोली नाङ्गो बनाई बेइज्जत गर्ने प्रयास गरे, तर श्रीकृष्ण भगवान्को सहायताबाट द्रौपदीको लाज बच्यो । यस काण्डबाट द्रौपदी रानी ज्यादै अपमानित भईन् र कौरवहरू अथवा दुर्योधन र दुःशासनबाट बदला लिने कठोर प्रतिज्ञा गरिन् । यसरी महाभारत युद्धको संभावना तेजी सँग बढ्दै गयो ।
महाभारत युद्धको मूल कारणहरू भाई भारदारहरूले लिएका अथवा गरेका गलत निर्णयहरू र अधुरा माया मोहहरू नै हुन् भन्न सकिन्छ । सर्वप्रथम जेष्ठताको नाताले हस्तिनापुर राज्यको राजगद्दी धृतरष्ट्रलाई नै दिनुपर्ने थियो । पाण्डवलाई होइन । किनभने पाण्डव पनि विशुद्ध थिएनन् । दोस्रो महाराजा पाण्डवको मृत्यु भएपछि धृतराष्ट्रलाई प्रतिनिधिको रूपमा भनि महाराजा बनाई गद्दी आसिन गराउन हुने थिएन, किनभने एक पटक उनलाई राज सिंहासनमा बस्ने अयोग्य भनि ठहराई सकिएको थियो । भाई भारदारहरूको यस प्रकारको सिद्धान्तहीन अस्थिर नीतिलाई जायज भन्न सकिँदैन । भाई भारदारहरूको यस्तो परिवर्तनशील नीतिले गर्दा धृतराष्ट्रले आपूm र आफ्ना छोराहरू नै हस्तिनापुरको सिंहासनमा जमी राख्ने सपनालाई साकार गर्ने हर प्रयास गर्दै गए । राज्य प्राप्ति गर्ने र प्रतिशोध लिने विचारबाट पाण्डव तर्पm द्रौपदीले र कौरवतर्फ दुर्योधनले महाभारत युद्धको लागि बेला बेलामा धनु बाँण तिखारने र तलबारमा शान लगाउने कार्यमा उत्तेजित गराउँदै गए । फलस्वरूप महाभारतको लडाई शुरु भयो ।
महाभारतको युद्धमा पाण्डव तर्पmका सहायक अथवा निर्देशक श्री कृष्ण भगवान् थिए भने कौरव तर्पmका शकुनी मामा । यी दुवै निर्देशकहरूले आ–आफ्नो पक्षलाई विजय गराउने काममा कुनै कसर राखेनन् । दिल खोलेर सकेसम्म कोशीस गरे । आफ्नो पक्षको विजयको लागि अन्तिम समयमा श्री कृष्ण भगवान्ले आफ्नो मर्यादा उलघंनको निन्दा सहरे पनि आफ्नो पक्षको विजय गराए । उदाहरणको रूपमा महाभारत युद्धको समाप्तिको समयमा भीमसेन र दुर्योधनको बीचमा भएको गदा युद्धमा नियमको विपरित साँप्रमा हानी भीमसेनले दुर्योधनलाई परास्त गर्न श्री कृष्ण भगवानले नै प्रेरित गरेका थिए ।
तर महारथीहरूले भने कौरव र पाण्डव दुवै पक्षलाई धोका दिए । कुनै पक्षलाई पनि पूर्ण रूपले सहयोग गरेनन् उदाहरणको रूपमा विदुर महामन्त्री भएर धृतराष्ट्रको दरबारमा बस्छन् तर आन्तरिक रूपबाट युद्धमा पाण्डव कै विजयको कामना गर्दछन् । भीष्म पितामहले युद्ध गर्दछन् कौरवको तर्पmबाट तर विजयको आशिर्वाद पाण्डवलाई नै दिन्छन् । किनभने युद्धमा शिखण्डीलाई अगाडि सारेर आपूmलाई मारने उपाय अर्जुनलाई स्वयं भीष्म पितामहले नै बताई दिएको हुन्छन् । राजगुरु कृपाचार्य र गुरु द्रोणाचार्यले पनि लडाई गरे कौरवको तर्पmबाट तर विजयाको आशीर्वाद भने पाण्डवलाई दिने दोधारे नीतिले गर्दा कुनै पक्षलाई पनि पूर्ण रूपले सहयोग पु¥याएको पाइदैन । यदि पाण्डव नै सत्य थिए र अन्यायमा परेका थिए भने पूर्ण रूपले पाण्डव पक्षबाट लडी दिनुपर्ने थियो । यदि नून पानीकै मोह थियो भने जस्को नून खायो उसैको अथवा दुर्योधन कै विजयको उद्देशय राखेर जिउ ज्यानको बाजी लगाएर लडी दिनुपर्ने थियो तर त्यो गरेनन् ।
आमाहरूको भूमिका–महारानी गान्धारीले पाण्डवहरूलाई राज्य सौंपने सम्बन्धमा बराबर महाराजा धृतराष्ट्रलाई सल्लाह दिएकी थिइन । आफ्नो छोरा दुर्योधनलाई राजा बनाउने पक्ष लिएर कुरु वंशमा युद्ध गराउने पक्षमा उनी गएको पाइदैन । तर रानी कुन्ती भने आफ्ना पाँच भाइ छोराहरूको हितको निमित्त, जन्मकाल मै परित्याग गरी, माता पिताको सम्म पत्ता लगाउन नसकी आत्मा ग्लानीको पीडाबाट दुखित भइरहेका जेष्ठ पुत्र कर्ण समक्ष गइ आफ्ना पाँच भाइ छोराहरूको जीवनदान मागिन । परन्तु कर्णको नूनको सोझोपन, कर्तव्य निष्ठता र इमान्दारिताको भने ख्याल गरी दिईनन् । सुत पुत्र भनि दरबारिया भाई भारदारहरूबाट जतिसुकै तिरस्कृत भएता पनि, दुर्योधनले आपूm बराबरको इज्जत दिएर समानताको व्यवहार गर्ने र आपूm माथि पूर्ण भरोसा राखेको हुँदा दुर्योधनको लागि कर्णले महाभारतको लडाईमा आपूmलाई समर्पित गरेर लडेका थिए । जन्म दिने माता कुन्ती र श्री कृष्ण भगवानले कौरवको विरुद्धमा जतिसुकै भडकाएता पनि कर्ण भड्किएनन् । यस कारण कर्णलाई नूनको सोजो गर्ने मित्रलाई विश्वासघात नगर्ने इमान्दार योद्धा थिए भन्नु करै लाग्छ ।
आफ्नो कुलको शान राख्नको लागि वीर अभिमन्युले चक्रब्यूह तोड्ने अधुरो ज्ञान हुँदा हुँदै अथवा पूर्ण ज्ञानको अभावमा मेरो मृत्यु निश्चय छ भन्ने जान्दा जान्दै पनि एउटा वीर सेनानीको हैसियतले चक्रब्यूहू तोड्ने शाहस गरी वीरगति प्राप्त गरेकोमा भावी युवाहरूको लागि सदा सर्वदा प्रेरक बन्नु भएको छ । अश्वस्थामाले पनि जय र विजयको वास्ता नगरी महाभारत युद्धको अन्तिम घडीमा पनि आफ्नो मित्र दुर्योधनको आज्ञाको पालन गरेर, पाण्डवहरूको विरुद्धमा एक्लै लडी आफ्नो नूनको सोजो गरी इमान्दारिता देखाए ।
युधिष्ठिर महाराजा ज्यादै उदारवादी, इमान्दारी, नैतिकवान र भलाद्मी थिए । गन्धर्वाहरूले दुर्योधनलाई बन्दी गराएको अवस्थामा कट्टर शत्रु भएता पनि वंशको नाताले कुलको इज्जत राख्ने हेतुले दुर्योधनलाई मुक्त गराई दिए । त्यस्तै महाभारतको कथा र व्यथाहरूमा ठाउँ ठाउँमा उहाँले खेल्नुभएको भूमिकाहरू र गर्नु भएको वार्ताहरूबाट महाराजा युधिष्ठिरको नैतिकता र गौरवमय जीवन शैली झल्किन्छ । तर ज्यादै भलाद्मी हुँदा पनि दुःख पाइदो रहेछ भन्ने करा पनि बोध हुन आउँछ । कौरव र पाण्डवहरू जुवा खेल्दा दुर्योधनले हान्नु पर्ने पाशा दुर्योधनकै अनुरोधमा कपटी मामा शकुनीलाई पाशा हान्न दिने उद्धारताले गर्दा युधिष्ठिर महाराजाले ठूलो दुःख र अपमान सहन प¥यो । यसबाट जुवा र लडाईमा नैतिकता र उद्धारताले सफलता मिल्ने रहनेछ भन्ने प्रष्ट्याउँछ ।
कौरव तर्पmका निर्देशक मामा शकुनीले भाञ्जा दुर्योधनलाई अनेक प्रकारबाट उकसाएर लडाईमा अग्रसर गराएका थिए । पाण्डव तर्पmका निर्देशक श्रीकृष्ण भगवानले कौरव र पाण्डवको बीचमा सन्धि गराउने हर प्रयास गर्नुभयो । सन्धि असफल भएपछि पाण्डवहरूको विजयको लागि हर सम्भव प्रत्येक किसिमले सहायता गर्नुभयो । जस्तै अर्जुनको प्रतिज्ञा पूरा गराउनको लागि अर्जुनलाई चितामा चढाई सकेपछि पनि सूर्यको उदय गराई अर्जुनको प्रतिज्ञा पूरा गराएर मृत्यु हुनुबाट बचाए । महाभारत लडाईमा, अन्तिम युद्धमा दुर्योधन र भीमसेनको बीचमा गदा युद्ध हुँदा, दुर्योधन विशेष रूपले सुरक्षित भै सकेको हुँदा भीमसेनको गदाको प्रहारबाट दुर्योधन बध हुने सम्भावना थिएन । त्यसकारण युद्धको विजयलाई दृष्टिगत गरी नियम विरुद्ध दुर्योधनको जाँघमा हान्ने संकेत भीमसेनलाई श्री कृष्ण भगवानले नै दिनुभएको थियो । त्यसो नगरेको भए महाभारत लडाईको रूप के हुने थियो भन्न सकिने अवस्था थिएन ।
महाभारतको लडाइको विजयपछि पाण्डवहरू राजा धृतराष्ट्रलाई भेट गर्न जाँदा धृतराष्ट्र र भीमसेनको छाती मिलाउने बेलामा, धृतराष्ट्रको भावलाई बुझेर श्रीकृष्ण भगवानले लोहको मूर्तिलाई भीमसेन भनेर धृतराष्ट्र सिन भेट नगराई सोभैm भीमसेनलाई भेट गराई दिएको भए, भीमसेनको त्यसै बेला मृत्यु हुने सम्भव थियो । यी सबै कारणहरूबाट श्री कृष्ण भगवानको नीति र व्यवहारहरूबाट के बुझियो भने भगवानले जसलाई साथ दिनुभयो त्यसलाई सम्पूर्ण रूपले सहयोग गर्नु भयो र रक्षा गर्नुभयो । दोसाँधे र दोधारे भएर काम र कुरा कहिल्यै गर्नु भएन । अब हेरौं नेपालका भारदारहरूले कस्तो नीति अपनाउछन् ।
अन्तमा श्री कृष्णको प्रभाव तिरमा स्वर्गारोहण भयो । अर्जुनले ८ रानीहरूका साथ श्रीकृष्णको दाह संस्कार गरे । श्री कृष्णको स्वर्गारोहण पछि द्वारका पनि जलमा डुब्यो । बह्म ऋषिका श्रापले यादवहरू पनि प्रभास तिरमा आपसमा लडेर समाप्त भए । मधु यादवले स्थापना गरेको मधुवन र मधु नगर पछि गएर मथुरा भयो ।
कुन्ती शूरसेन राजाकी छोरी थिइन । राजा भोजका छोरा नहुँदा कुन्तीलाई मागेर लगेर पालेका थिए । दुर्वासा ऋषिबाट कुन्तीले आकर्षण मन्त्र पाईन । मन्त्रको परीक्षा गर्न सूर्यदेवलाई सम्झदा सूर्यदेवबाट कर्णको जन्म भयो । कुुन्तीले लाज बचाउन कर्णलाई नदीमा बगाई दिइन । कर्णलाई बगाएको बाकस छोपने सुत अघिरथको श्रीमतीको नाम राधा थियो ।
राजा सन्तु र सत्यवतीबाट जन्मिएका छोराहरू चित्राङ्गत विचित्र वीर्य थिए । चित्राङ्गत बलिया गन्धर्वबाट मारिए । विचित्र वीर्य क्षय रोगबाट समाप्त भए काशी राजाकी राजकुमार िचित्राङ्गकी रानी अम्बिका र विचित्र वीर्यकी रानी अम्बालिकाले आफ्नी सासु रानी सत्यवतीको प्रार्थनालाई स्वीकार गरी सत्यवतीका ज्येष्ठ पुत्र वेदव्यासबाट अम्बिकाबाट धृतराष्ट्र र अम्बालिकाबाट पाण्डवको जन्म भयो । नोकरनीबाट बुद्धिमान नीतिज्ञ विदूरको जन्म भएको थियो ।
नोटः द्वारपर एवं कलिको सन्धि कालमा भगवान श्री कृष्णको जन्म भएको थियो । श्री कृष्ण १२५ वर्षसम्म जीवित थिए । श्री कृष्ण भन्दा अर्जुन १८ वर्ष कान्छा थिए । ८४ वर्षको उमेरमा अर्जुनले महाभारतको युद्ध गरेका थिए । महाभारत युद्धमा श्री कृष्णको उमेर १०२ वर्ष थियो । कलियुग प्रारम्भ हुनुभन्दा अघि मार्गशीर्ष शुक्ल पक्षमा महाभारतको युद्ध सुरु भएको थियो । १८ दिनसम्म चलेको थियो ।
कंस र वाणासुरको युद्ध हुन लागेको देखेर महादेव आएर सबैलाई संबोधन गरेर बलिराजाका पुत्र वाराणसुरलाई भने कि श्री कृष्णले बाहेक अरू कंसलाई मर्न सत्तैmनन् किनभने कंसले परशुरामबाट वरदान पाएका छन् र विष्णु भगवानबाट पाएको धनु पनि यिनलाई दिएका छन् भन्नु भएका थिए । श्री कृष्ण अर्जुन भन्दा १८ वर्षले जेठा थिए । महाभारतको युद्ध गर्दा अर्जुनको उमेर ८४ वर्ष र श्री कृष्णको उमेर १०२ वर्ष थियो श्री कृष्ण १२५ वर्ष भन्दा बढी बचेका थिए । श्री कृष्णले सन्दीपनी गुरुसँग पढेका थिए । श्री कृष्णले अंगिरा ऋषिबाट आत्मज्ञान लिएका थिए । श्री कृष्ण मधु यादवका सन्तान वृष्णि वंशका थिए । कुल परम्परा अनुसार ५८ पंक्तिमा पर्दथे । द्वापर युगको अन्त र कलियुगको प्रारम्भमा श्रीकृष्णको जन्म भएको थियो । मरुतले उग्रसेन, कशयपले वसुदेव, अदितिले देवकी, विष्णु भगवानले देवकीको आठवाँ गर्भको रूपमा कृष्ण अवतार लिए । लक्ष्मीले बृषभानु गोपराजको महलमा राधा भएर जन्म लिनु भयो । लक्ष्मीले ब्रह्मजीसँग भनेर, भगवती योगमायालाई देवकीको सातवाँ गर्भलाई खिंचेर, कंसको डरले ब्रजमा नन्द गोपका घरमा बसेकी बसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा प्रवेश गरी देउ र यी सबै काम गरी सकेपछि तिमीले नन्द गोपाकी पत्नी यशोधाको कोखीबाट जन्म लिनु भन्नु भयो ।धर्मराजले युधिष्ठिर, पवनले भीमसेन, स्वयम्भू मनुले अर्जुन, अश्विनी कुमारहरूले नकुल र सहदेव, शतरूपा रानीले सुभद्र भएर अवतार लिए । सूर्यले करण, अग्निले द्रोणाचार्य वसुले भीष्म कलियुगले दुर्योधन, चन्द्रमाले अभिमन्यु र साक्षत शिवको अवतार अश्वस्थामाले लिएका थिए ।
कालिकानगर, बुटबल–१३
२०४७/४/७

तपाईंको प्रतिकृयाहरू